धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरना नजिक कोशी राजमार्गमा आज अचानक रूख ढल्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकको बीच भागमा ठूलो आकारको रूख ढलेपछि सवारी आवागमन ठप्प भएको छ।
घटनापछि स्थानीय प्रशासन, ट्राफिक प्रहरी तथा सर्वसाधारणको सहयोगमा रूख पन्छाउने कार्य तीव्र गतिमा भइरहेको छ। घटनास्थलमा डोजर तथा अन्य उपकरणसहितको टोली परिचालित गरिएको जनाइएको छ।
स्थानीय जनताको सक्रिय सहभागितासहित सडक खुलाउने प्रयास जारी रहेकाले केही समयमै यातायात पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ। मौसम प्रतिकूल तथा जंगल क्षेत्रमा पुराना रूख ढल्ने जोखिम बढिरहेको हुँदा सडक यात्रुहरूलाई सतर्क रहन सम्बन्धित निकायले अनुरोध गरेको छ।
यस्ता आकस्मिक घटनाबाट उत्पन्न हुने समस्याहरूलाई न्यून गर्न पूर्वतयारी, पूर्वसूचना प्रणाली तथा जोखिमयुक्त स्थानहरूको नियमित अनुगमन आवश्यक भएको देखिन्छ।
न्युज: MD Islam Alam
मधेश प्रदेश खवर