तरुण दल लमजुङको अधिवेशनमा विवादका क्रममा ज्यानै मार्ने उद्देश्यले खुकुरी प्रहार हुँदा ४ जना घाइते बने । आँखै अगाडि खुकुरी प्रहार हुँदा पनि पक्राउ नगरी छोडिदिएको प्रहरीले तत्काल जाहेरीसमेत लिएन । नेताहरूको दबाबमै जाहेरी दर्ता भयो र खुकुरी हान्ने १ जना पक्राउ परे ।खुकुरी हान्नेलाई कानुनी कारबाही अगाडि नबढाउन दबाबकाबीच जाहेरी दर्ता भएपछि प्रहरीले अझै ४ जना फरार रहेको बताइरहेको छ । नेताहरूकै वरिपरि हिँडिरहेको खबर पाए पनि प्रहरीले पक्राउ गर्न नसकेको पीडितले गुनासो गरिरहेका छन् ।प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ । तर, खुकुरी प्रहारका अभियुक्तले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग बैठक गरेका छन् ।खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले खाजी गरिरहेका फरार अभियुक्त तथा तरुण दल लमजुङका कार्यबाहक अध्यक्षसमेत रहेका कुमराशी गुरुङ (भूपेश)ले देउवासँग भेटघाट तथा बैठक गरेको तस्वीर सामाजिक सञ्जालमै आएको छ ।सभार ।