

नेपाल प्रेस यूनियनको ३४औं स्थापना दिवसको उपलक्ष्यमा प्रेस यूनियन पर्साद्वारा आयोजित दीप प्रज्वलन कार्यक्रम शनिबार साँझ वीरगंजको घण्टाघरमा भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रम पर्सा जिल्ला कार्यसमितिका अध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथिका रूपमा वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम सहभागी हुनु भयो। विशिष्ट अतिथिमा प्रेस यूनियनका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय सदस्य श्रीरामराय माझी, संस्थापक सदस्य कन्हैयालाल केसरी, नेपाल पत्रकार महासंघका पूर्व सचिव दीपेन्द्र चौहान, मधेश प्रदेश सदस्य अजय शाह तथा क्रान्ति शाहलगायतको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै उपमेयर आलमले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै सञ्चारकर्मीहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले स्थानीय सरकार सधैं पत्रकारिता र प्रेस स्वतन्त्रताको पक्षमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस अवसरमा विभिन्न वक्ताहरूले प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षाको सुनिश्चितता, र स्थानीयस्तरमा सञ्चारकर्मीहरूले भोगिरहेका चुनौतीबारे विचार व्यक्त गरे।
कार्यक्रममा प्रेस सेन्टर पर्साका सचिव अजित भुजैल, प्रेस यूनियन पर्साका सदस्यहरू हुजूम सिंह राजपूत, मंजूर आलम, राहुल गुप्ता, लालबाबू सिंह तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
न्युज: MD ISLAM ALAM
मधेश प्रदेश खवर