रौतहट जिल्लाको गौर नगरपालिका नगरपालिका वडा नम्बर ६ ,सबगढामा गएराति ११,३०, बजेको समयमा ठूलो चोरी भएको स्थानीयहरुले बताएका छन् । सबगडाका भागरीत साह, मेथुर साह र सुरेन्द्र साहको घरमा अज्ञात समूहले सेन फोरेर लाखौंको सुन, र चाँदीका गर्गहना र नगद रकम पनि चोरी भएको छ ।
चोर समूहले तीनवटै घरलाई लक्षित गरी योजनाबद्ध रातको समयमा कोही नभएको मौका छोपेर सेनफोरेर धनमाल लुटेको स्थानीयले बताएका छन् ।