
इलाका प्रहरी कार्यालय सिमरा, बारामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) शुभद्रा वाइवाको जिम्मेवारी खोसिएको छ ।
जिम्मेवारी सम्हालेको पाँच महिनामै ड्युटीमा परिचालित हुने सवारी साधनका निम्ति हालिने तेलको कुपनको विषयमा उनीविरुद्ध उजुरी परेपछि वाइवालाई छानविनका लागि प्रहरी हेडक्वार्टर उजुरी छानबिनमा तानिएका छन् ।
बाराका जितपुर सिमरा उपमहानगरपालिकाले तेल थोरै दिएको भन्दै प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंको अगाडी नै कुपन च्यातेकी थिइन् । त्यसपछि डीएसपीले ज्यादती गरेको भन्दै उपमहानगरले सीडिओ कार्यालय बारा हुँदै हेडक्वार्टरमा उजुरी गरेको बताइएको छ ।
सोही विषयमा छानबिनका लागि उनलाई प्रहरी हेडक्वाार्टरले बोलाएको स्रोतले जानकारी दिएको छ । उनको ठाउँमा अर्का प्रहरी नायव उपरीक्षक (डीएसपी) बेद जोशी आजै त्यहाँ हाजिर हुँने भएका छन् ।