Saturday, June 28, 2025

तीन दिन देखि बेपत्ता भएका गोताखोर सुरजको शव भेटियो:-

ताजा / भरखरै प्राप्त

सप्तकोसी नदीमा ३ दिनदेखि बेपत्ता भएको गोताखोर डोटीका सुरज साउदको शव फेला परेको सशस्त्र प्रहरीले बताएको छ ।

हिजो आइतबार कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट सुरज साउथको शव निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

उनीसँगै सप्तकोसीमा अभ्यास गर्ने क्रममा नदिमा डुबेका झापाका हरदेव राजवंशीको शव भने शुक्रबार नै फेला परेको थियो।

उनीहरू शनिबार हुने डेमो प्रदर्शनका लागि अभ्यास गर्न बिहीबार सप्तकोसी नदीमा पसेका थिए ।

तर अभ्यासको अन्तिम चरणमा नदीभित्र पसेका राजवंशी र साउद बेपत्ता भएका थिए । राजवंशी दुई वर्ष पहिले र साउद एक वर्ष पहिले गोताखोरको तालिम गरेर उद्धारमा खटिरहेका सशस्त्र प्रहरीले बताउँछन् ।

तर त्यस दिन उनीहरूको सहायताका लागि प्रयोग गरिएको डोरी चुँडियो भने त्यसको केही बेरपछि अक्सिजनको सिलिन्डर पनि पानीमा तैरिएको थियो, अनि दुई जना सप्तकोशीका नदीमै हराएका थिए ।

आइतबार मृत फेला परेका साउद नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत रहेको सशस्त्रका डीएसपीको भनाइ रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles