




भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्यसहित विमानमा सवार २४२ जनाकै मृत्यु भएको पुष्टि भएको छ, भने ४१ जनाको उपचार जारी रहेको छ ।
प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले २४२ जनाकै मृत्यु भएको जनाएका छन् ।
विमानमा १० जना चालक दलका सदस्यसहित २ सय ४२ यात्रु सवार रहेको बताइएको छ । जसमा १ सय ६९ जना भारतीय नागरिक सवार रहेका थिए भने ५३ ब्रिटिश नागरिक रहेका बताइएको छ । त्यस्तै, ७ जना पोर्चुगिज र १ जना क्यानेडियन नागरिक रहेका थिए ।
एयर इन्डियाको बोइङ-७८७ विमान अहमदाबादबाट १. बजेर ५५ मिनेटमा उडान भरेको थियो । तर उक्त विमान दुई , बजेतिर दुर्घटनामा परेको बताइएको छ ।