

राैतहट जिल्लाको सिमानाकाबाट लाखौंको राजश्व छलि:
प्रहरी र व्यापारी मालामाल राज्शव कंगालमा कमि ।
रौतहटको भारतसँग सीमा जोडिएका रौतहट जिल्लाका अधिकांश नाकाहरू तस्करीको खुला मार्ग बन्दै गएका छन् ।
सीमाक्षेत्रमा सक्रिय साना तस्करहरुको सञ्जाल बद्ध गिरोहसम्मको चलखेल,
सुरक्षा निकायको मौन समर्थन र प्रशासनको आँखामा पट्टीले गर्दा रौतहट जिल्ला तस्करीको केन्द्रविन्दु बन्न पुगेको स्थानीयको गुनासो रहेको छ ।
साना पोका बोकेर साइकल र मोटरसाइकलमार्फत सुरू हुने तस्करी अब पिकअपको सवारीमार्फत खुल्ला रूपमा हुन थालेको छ । तस्करी गर्ने नाकाहरु” गौर, बेलबिछवा, महादेवपट्टी, डुमरिया, बक्कुल, जयनर, रामपुर खापर, लालबकैया को बन्जरहा जस्ता सीमावर्तीहरूमा तस्करीको मुख्य रुट रहेको छ ।