
सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु.गुल्म बीरगञ्जबाट खटिएको टोलीले बीरगञ्ज महानगरपालिका वडा नं. १६, नगुवा गाउँ स्थित डम्पिङ साइट नजिकबाट भारतबाट अवैध रुपमा भन्सार छली गरी ५ वटा साईकलहरुमा ल्याउँदै गरेको अवस्थामा रु.७,६७,९००, बराबरको कपडा र साईकल तथा उक्त चोरीपैठारी कार्यमा संलग्न ब्यक्तिले प्रयोग गरेको ना १६ प ६२७५ नम्बरको मोटरसाइकलसहि नियन्त्रणमा लिई मोटरसाइकलको रु १,५०,०००, भन्सार मुल्याङ्कन गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी पर्साले जनाए छ ।
साथै सोही गुल्मले बीरगञ्ज महानगरपालिका -१६, स्थित बिभिन्न सीमा नाकाहरुबाट अबैध रुपमा भन्सार छली लुकाई छिपाई विभिन्न सवारी साधनहरुमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको मूल्य रु.४,२६,१२०, बराबरको ईलेक्ट्रोनिक लगायत अन्य सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि पर्साका बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीका सुचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)
देबेन्द्र बहादुर सिंहले जानकारी दिएको हो ।