Sunday, June 29, 2025

दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागारमा पठाइयो:-

ताजा / भरखरै प्राप्त

गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका ७ जना प्रतिवादीलाई डिल्लीबजार कारागार पठाइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले उनीहरू सबैलाई शुक्रबार डिल्लीबजार कारागार पठाइएको जानकारी दिए ।एसएसपी अधिकारीका अनुसार प्रसाईंसहित कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल र केशव बस्नेतलाई डिल्लीबजार कारागार पठाइएको हो ।बिहीबार राति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहितका ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
६१ जना प्रतिवादीलाई सरकारी वकिल कार्यालयले ११ जेठमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जसमध्ये आपराधिक उपद्रवको कसुरमा मात्रै मुद्दा दायर भएका ११ जना यसअघि नै धरौटीमा रिहा भएका थिए । केही पक्राउ पर्न बाँकी छन् भने हाजिरी जमानीमा छुटेका समेत अदालत उपस्थित भएका थिएनन् ।बिहीबार रातिसम्म जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा ३९ जना थिए । ३९ प्रतिवादीको एक साताभन्दा लामो थुनछेक बहस सकिएपछि बिहीबार अदालतले आदेश गर्‍यो ।
कारागार चलान भएका सात जना बाहेक ३२ जनालाई भने धरौटी माग भएकाले उनीहरू धरौटी बुझाएर रिहा भएका थिए ।पुर्पक्षका लागि कारागार चलान भएका यिनै ७ जनाको समूहले तीनकुने घटनामा खेलेको भूमिका र उनीहरूमाथि लागेको आरोपबारे खोतल्ने प्रयास गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles