Sunday, June 29, 2025

पत्रकारमाथि पटक पटक आक्रमण अदालतको आदेश प्रहरीले मानेन-रौतहट प्रहरीमाथि प्रश्न:-

ताजा / भरखरै प्राप्त

रौतहट । पटकपटक पत्रकारलाई कुटपिट गर्ने रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालमाथि कारबाहीको माग भइरहेको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाले विज्ञप्ति निकालेर सम्मानित अदालतले नगर प्रमुख जयसवाललाई कानुनी दायरामा ल्याउन आदेश दिइसकेको भएपनि रौतहट प्रहरीले आवश्यक कदम नउठाएको भन्दै रौतहट प्रहरीमाथि प्रश्न उठाएको छ ।
विहीबार साँझ दुई जना पत्रकारमाथि नगर प्रमुख जयसवालले कुटपिट गरेपछि महासंघका रौतहट सचिव गौतम श्रेष्ठले अदालतको आदेश प्रहरीले नमानेको बताए ।

नगर प्रमुख अजय प्रकाशले कटहरियामा रहेको कटहरिया म्युजिकल एफएमका कर्मचारी रविन्द्र प्रजापति र सागर संगम ठाकुरलाई समाचारको विषयलाई लिएर कुटपिट गरेका थिए ।
कटहरियामा लामो समयदेखि खानेपानीको समस्या भएको र नगर प्रमुखले पानीको व्यापारीहरुसँग मिलेर खानेपानीको समस्या समाधान नगरेको स्थानीयले आरोप लगाउँदै आएका छन् । चर्को गर्मीमा खानेपानी समस्या समाधान गर्नुको साटो समाचार लेख्ने पत्रकारलाई आफ्नै संलग्नतामा कुटपिट गरेका हुन् ।
कटहरियाको सार्वजनिक ठाउँमा छलफल गर्न बोलाएर नगर प्रमुख आफैँले पत्रकार ठाकुरमाथि निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् ।

ठाकुरको गरुडामा उपचार हुन नसकेपछि थपउपचारको लागि वीरगंज पठाइएको छ ।

नगर प्रमुखले गतवर्ष पनि चिनी मिलको समाचार संकलन गर्न गएका दुई संचारकर्मीलाई निर्घात कुटपिट गरेका थिए ।
उक्त घटना सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।

अदालतले नगर प्रमुखलाई कानुनी कारबाहीको दायरामा ल्याउन आदेश दिइसकेको भएपनि प्रहरीमा पहुँचको भरमा कारबाही हुन सकेको छैन । फेरि दुई जना पत्रकार कुटेपछि रौतहट प्रहरीमाथि नै गम्भीर प्रश्न उठेको छ ।

महासंघले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग घटनाको छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।

यसैबीच नगर प्रमुख अजय प्रकाशले घटनामा आफू संलग्न नरहेको बताउँदै नहुनु घटना भइसकेपछि माफी मागेको भिडियो पनि जारी गरेका छन् “सभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles