बाराको यातायात कार्यालय कलैयामा सेटिङको आघारमा लाइसेन्स वितरण भइरहेको तथ्यबाहिरको छ । यातायात व्यवस्था कार्यालय कलैयामा अहिले कोटा सिस्टमको आधारमा भर्ष्टचारको अडा बनेको जनगुनासो बढदै गएको छ ।
मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको आशीर्वादमा सरुवा भई आएका अविन्दर दासले कलैयास्थित यातायात व्यवस्था कार्यालयलाई भ्रष्टाचारको ‘घुसको अड्डा’मा परिणत गरेका छन् । कार्यालय प्रमुख बनेको केही महिनामै उनले दलालहरूको संजाल सक्रिय बनाई सवारी चालक अनुमति पत्र(लाइसेन्स) सेटिङमार्फत विक्री गर्ने काम तीव्र बनाएका छन् ।
सेवाग्राहीहरूका अनुसार उनले आएसँगै ट्रायल, लिखित परीक्षा र लाइसेन्स वितरणमा व्यापक आर्थिक लेनदेन सुरु भएको छ ।
कानुनी प्रक्रिया पुरा गरेर आवेदन दिने नागरिक उपेक्षित हुँदा, पनि, पैसा बुझाउनेहरू सहजै लाइसेन्स पाउँदै आएका छन् ।
सूत्रहरूका अनुसार, स्कुटरदेखि ट्रक, मेसिनरी सवारीसम्मका लाइसेन्स सेटिङमार्फत १० हजारदेखि ७० हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । ट्रायलमा फेल भएकाहरुलाई समेत पैसा बुझाएर पास गराउने काम भइरहेको छ ।
J1 एक्साभेटर, J2 ब्याकहोइ लोडर, J3 ग्रडर, J4 फोर्कलिफ्ट, H1 डोजर, H2 रोड लोडर, I1 क्रेन, I2 फायर ब्रिगेड, I3 लोडर लगायतका मेसिनरी सवारीहरूको ट्रायल सेटिङमार्फत पास गराउने योजनामा घूस रकम संकलन गरिएको स्रोतले जनाएको छ।
यस सम्पूर्ण घूस कारोबारमा यातायात कलैयाका प्रमुख अविन्दर दासका विश्वासपात्र ट्रायल प्रमुख संतोष सिंह र फाँट तथा लिखित प्रमुख जीवन पाैडेल र दर्जनभन्दा बढी दलाल लगायतको टोली सक्रिय रहेका छन् ।