Saturday, June 28, 2025

सञ्चारकर्मीमाथि भएकाे कुटपिट र गालीगलौजकाे विराेध:-

ताजा / भरखरै प्राप्त

रौतहटस्थित कटहरिया म्यूजिकल एफएमका सञ्चारकर्मी रविन्द्र प्रजापति र सागर संगम ठाकुरमाथि कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश जयसवालको नेतृत्वको समुहले कुटपिट र गालीगलौज गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

खानेपानीसम्बन्धी समाचार प्रसारण भएपछि रेडियोको सञ्चारकर्मीद्वयलाई बोलाएर घर भित्र थुनेर जयसवालले यस किसिमको हर्कत गरेको महासंघ रौतहट शाखाले जनाएको छ ।

संप्रेषित समाचारमा चित्त नबुझे कानुनी उपचार वा स्थापित प्रक्रियामा जानसकिने मार्गप्रशस्त हुँदाहुँदै जनप्रतिनिधिजस्तो जिम्मेवार व्यक्तिबाट भएको यो कार्यलाई महासंघले अशोभनीय, अराजक र स्वतन्त्र पत्रकारितामाथिको हमलाका रुपमा लिएको छ ।

महासंघ यस्ता हर्कतको भर्त्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गरी स्वतन्त्र, सुरक्षित र निर्वाध पत्रकारिताको अभ्यासको वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल
महासचिव

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles