

सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका प्रतिबन्धित ब्रोईलर कुखुराका २४०० गोटा चल्ला नियन्त्रणमा लिई सशस्त्र प्रहरी पर्साले नष्ट गरेको छ ।
उक्त अवैध चल्ला भारतबाट ल्याउने पर्सा जिल्लाका जगन्नाथपुर गाउँपालिका –२ जानकी टोल बस्ने ४५ वर्षीय नबी देवान रहेको र देवानलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई सवारीसाधन मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि पर्साका वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।