
सशस्त्र प्रहरी पर्साले तस्करीको कपडा २३ लाख बराबरको गोदामबाट छापामारेर बरामद गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु.गुल्म वीरगंजबाट खटीएको टोली र वीरगंज भन्सार कार्यालयबाट खटएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा वी.म.न.पा.-६ रेशमकोटी स्थित २ नम्बर रोडमा रहेको रमेश अग्रवालको २ तल्ले पक्की घरको ग्राउण्ड फ्लोअरमा २ वटा कोठाहरु भाडामा लिई संचालनमा रहेको जी.के. ट्रेडर्सको गोदाममा भारतबाट भन्सार छली गरि ल्याई अवैध रुपमा लुकाई छिपाई गोदाम गरि राखेको अवस्थामा मूल्य रु.२२,७१,९५०।- बरावरको तयारी कपडा (भेष्ट, जिन्सको पाइन्ट, टिसर्ट) नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)
देबेन्द्र बहादुर सिंहले जानकारी दिएको हो ।