सेटिङ”को दलदलमा डुब्यो कलैया यातायात कार्यालय लाइसेन्समा मासिक लाखौंलाखको घुस ।
मन्त्रीको आशीर्वादले अविन्दर दासले बारा जिल्ला यातायात कार्यालय बनाएका छन् घुसको अडा ट्रायल र जाच सेटिङमार्फत लाखौंको भर्ष्टचार हुदै छ, स्थानीयले गुनासो पोखेका छन् ।
मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्रीज्यू कौशलकिशोर रायको आशीर्वादमा सरुवा भई आएका अविन्दर दासले कलैयास्थित यातायात व्यवस्था कार्यालयलाई भ्रष्टाचारको ‘घुसको अड्डा’मा परिणत गरेका छन् । बाराका स्थानीयहरुले बताउँछन् ।
यातायात व्यवस्था कार्यालय कलैया बारामा भ्रष्टाचारको सिमा नाघ्यो सो कार्यालयमा घुसको रकम फालाफाल भएको समाचार प्राप्त भएको छ ।
कार्यालय प्रमुख अविन्दर दास आए देखि सुक्ष्म तरिकाले भ्रष्टाचार भईरहेको तथ्य बाहिरिएको छ ।
सो कार्यालयमा लिखित दिने सेटिङ्ग भएका परीक्षार्थीहरुलाई ५/६ वटामा संकेत चिन्ह लगाउने र बाँकी खाली छोड दिए पछि लिखित प्रमुखको सहमतिमा कर्मचारीहरुले नै संकेत चिन्ह लगाई पास गराउने गरेको परीक्षामा सहभागी एक परीक्षार्थीले बताएका छन् ।
लिखित परीक्षा पछि हुने प्रयोगात्मक परीक्षामा सेटिङ्ग भएका परीक्षार्थीहरु सँग ट्रायल प्रमुख र ट्राफिक प्रहरीको सहमतिमा प्रमुख दासले व्यक्तिगत रुपमा किनेका मोटरसाईकलबाट फुर्तिलो चालकहरुलाई अनुहार छोप्ने गरी हेल्मेट र माक्स लगाउन लगाई ट्रायल लिईरहेको परीक्षामा सहभागी एक परीक्षार्थीले नाम नछाप्ने शर्तमा बताएको छ । ट्रायल परीक्षा सकिएपछि ट्रायल प्रमुख (प्रयोगात्मक परीक्षाका केन्द्राध्यक्ष)को नेतृत्वमा मेकानिकल सुपरभाईजर (ईन्जिनियर) सहित ट्रायलमा खटिएका अन्य कर्मचारीहरु निरीक्षकको हैसियतमा संख्या किटान गरी उत्तीर्ण भएको सिफारिस गरेपछि मात्र परीक्षा समितिले सो लाई माईनुट बुक उठाई निर्णय गरी सदर गर्ने गरेका छन् ।
सो कार्यालयको मोटरसाईकलको आन्तरिक दररेट ८ हजार, अटो टेम्पोको १० हजार, कार जिपको १३ हजार र हेभी गाडी तथा मेशिनरीहरुको २० हजार रहेको भुक्तभोगीहरु बताउंदछन् ।
प्रमुख दासले परिचालन गरेको बिचौलियाहरुले सेवाग्रहीहरुबाट जति ठगे पनि आफुलाई आफ्ना कार्यालयको आन्तरिक दररेट अनुसार नै लिने गरेको एक बिचौलियाले बताएको छ ।