



खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको महत्त्वपूर्ण संरचना रिबर्मा खोलामा निर्माण गरिएको पानीको ट्याङ्कीको स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।
निरीक्षणपछि मन्त्री यादवले बर्खायाममा पनि मेलम्चीको पानी काठमाडौं उपत्यकामा अविरल रूपमा आपूर्ति गर्ने निर्णय गरिएको जानकारी दिनुको हो।
खोलाको पानी मेलम्ची सुरुङमार्गमा प्रवाह गरिएको छ, र अबदेखि काठमाडौंवासीहरूले वर्षभरि मेलम्चीको पानी नियमित रूपमा पाउनेछन् , जुन सबैको साझा चाहना, रहेको थियो, संघर्ष र धैर्यको फल हो यो । उक्त अवसरमा मन्त्री यादवले मेलम्ची आयोजनालाई सार्थक बनाउने प्रक्रियामा साथ दिने स्थानीयवासी, जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, प्राविधिक तथा कर्मचारीहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दै, मेलम्ची खानेपानी आयोजनाले फेरि काठमाडौं उपत्यकावासीलाई दीर्घकालीन रूपमा शुद्ध खानेपानी आपूर्ति गर्ने लक्ष्यका साथ अगाडि बढेको यो परियोजनाले सर्वसाधारणको आशा जगाएको छ।