जिल्ला अदालत काठमाडौंले रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाई ३ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
अदालतको आदेशानुसार, धरौटी बुझाएर आजै मिश्र भएका छन् । यसअघि सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा उनलाई थुनामुक्त गरेपनि मिश्र अभियोजन दर्ता हुँदा अदालतमा उपस्थित भएका थिएनन् ।उनी सोमबार मात्र अदालत उपस्थित भएका थिए । गत चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गरेकै दिन मिश्र पक्राउ परेको हो ।