काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले ट्राफिक प्रहरी बृत्त नयाँबसपार्क तथा मातहत कार्यालयहरुको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा एसएसपी अधिकारीले मातहतका कमर्चारीहरुलाई शिष्ट, सभ्य व्यवहार तथा आचरणमा व्यावसायिकता प्रदर्शन गर्दै काम गर्न ट्राफिक प्रहरीहरुलाई निर्देशनसमेत दिएका छन् ।