Thursday, June 19, 2025

इन्सपेक्टर हिक्मत थापा जेष्ठ महिनाको उत्कृष्ट प्रहरी घोषित:-

ताजा / भरखरै प्राप्त

प्रहरी इन्सपेक्टर हिक्मत बहादुर थापा जेष्ठ महिनाको उत्कृष्ट प्रहरी हुन सफल भएका छन्।
प्रहरी प्रभाग नागढुंगा कार्यालय प्रमुखको रुपमा इन्सपेक्टर थापाले दिईएको जिम्मेवारी उत्कृष्ट ढङ्गले बहन गर्नुका साथै उपत्यकाको मुख्य प्रवेशद्वारको रुपमा रहेको प्रहरी ईकाईको प्रमुखको रुपमा अपराधको रोकथाम नियन्त्रणमा तथा भन्सार राजस्व चुहावट नियन्त्रण गर्ने, लागू औषध खरिद विक्रि तथा ओसार पसार नियन्त्रण तथा सो कार्यमा संलग्न मानिस पहिचान गरी पक्राउ गर्ने कार्यमा उत्कृष्ट रुपमा कार्य गर्दै आएको र प्रहरी संगठनको नीति निर्देशनहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सिलसिलामा १२.१७६ किलोग्राम चांदी सहित मानिस पक्राउ गरेको र २७४ ग्राम सुन सहित भारतीय नागरिक पक्राउ गरी उत्कृष्ट ढंगले कार्य सम्पादन गर्नु भएको कामको उच्च कदर गर्दै यस २०८२ साल जेठ महिनाको प्रहरी वृत्त थानकोटको उत्कृष्ट प्रहरी ” Best Police Of The Month” स्वरुप यो प्रशंसा पत्र प्रदान गरिएको छ ।
आगामी दिनहरुमा अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुयाउनु हुने छ भन्ने विश्वास लिएका छौं ।सभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles