Thursday, June 19, 2025

गोलबजारमा प्रेमीमाथि छुरा प्रहार: युवती प्रहरी नियन्त्रणमा

ताजा / भरखरै प्राप्त

खोज तलास खबर, जनकपुरधाम | सिरहाको गोलबजारमा एक युवतीले आफ्ना प्रेमीमाथि छुरा प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन्। घाइते २४ वर्षीय अशोक कुमार महतो गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् भने हाल नगरपालिका–४ मा भाडामा बस्दै आएका थिए।

घटना मंगलबार साँझ गोलबजार–४ स्थित दिनेश साहको घरमा भएको प्रहरीले जनाएको छ। युवती उक्त घरको कोठामा पुगेपछि अशोकमाथि छुरा प्रहार गरेकी थिइन्। प्रहरीका अनुसार छुरा प्रहारपछि उनी घरको छतबाट हामफालेर भाग्न प्रयास गर्दा आफैं पनि घाइते भएकी छन्।

घाइते युवक महतोको हाल गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ। युवतीलाई भने प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ।

स्थानीयका अनुसार ती दुईबीच विगतदेखि नै प्रेम सम्बन्ध रहेको बताइएको छ। घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।सभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles