
लागु औषध अफिम सहित चार जना मानिसहरूलाई पर्सा प्रहरीले पक्राउ गरको छ । पर्साका प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा पर्साका बिरगञजको रजतजयन्ती चौक बाट पक्राउ गरेको पर्साका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला पटेर्वासुगाैली गाउँपालिका वडा नम्बर एक का विनोद गिरी, प्रदिप चाैधरी, सुनिलकुमार श्रीवास्तव, र रामेश्वर राउत पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ता तथा लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा को संयुक्त टोलीले बिरगञजको रजतजयन्ती चोकमा नियमित जाँचको क्रममा दुईवटा मोटरसाइकल रोकेर चेकजाच गरेको थियो, मोटरसाइकल नम्बर ना.४६ प २५४० र ना.४० प ६४६९ नम्बरका ती मोटरसाइकलमा सवार रहेका व्यक्तिहरूको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले चेक जाँच गर्दा लागुऔषध अफिम जस्तो देखिने पदार्थ फेला परेको पर्सा प्रहरी प्रवक्ता (डिएसपी) किशोर लम्सालले जानकारी दिएका छन् ।
पर्सा प्रहरीका अनुसार बरामद लागुऔषधसहित दुवै मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ, र पक्राउ परेकाहरूलाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान अगाडि बढाइएको पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) लम्सालले बताएका छन् ।
पक्राउ परेका व्यक्तिहरू
पर्सा,जिल्ला पटेर्वासुगौली गाउँपालिका वडा नं. एक का विनोद गिरी वर्ष ४०, को र प्रदीप चौधरी, उमेर ३३, वर्षको रहेको छ, र पर्सा, पटेर्वासुगौली गाउँपालिका वडा नं. पाँच कै सुनिल कुमार श्रीवास्तव, उमेर २८,वर्षको पर्सा, पटेर्वासुगौली गाउँपालिका वडा नं. ५ कै रामेश्वर राउत, उमेर ३४,वर्षको रहेको छ।
पर्सा प्रहरीको सक्रियतामा बरामद भएको समान अफिम जस्तो देखिने लागुऔषध पदार्थ एक के.जी. प्लास्टिकमा बेरेर राखेको र मोटरसाइकल नं. ना.४६ प २५४० , एक र अर्को मोटरसाइकल नं. ना.४० प ६४६९ , एक रहेको छ, र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख (एसपी) गौतम मिश्रले जानकारी दिएको हो ।