सिरहाको गोलबजारमा युवतीको छुरा प्रहारबाट युवक घाइते भएका छन् ।गोलबजार नगरपालिका ४ मा डेरा गरी बस्ने वडा नम्बर १३ का २४ वर्षीय अशोक कुमार महतो घाइते भएका छन् । सिरहाका गोलबजार नगरपालिका वडा नं २ बस्ने १७ वर्षीया युवतीले वादविवादको क्रममा तराकारी काट्ने छुरा घाँटीमा प्रहार गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) विरेन्द्रकुमार पासवानले जानकारी दिएका छन् । घाँटीमा छुरा प्रहारपछि घाइते युवकको उपचार स्थानीय भुमिजा अस्पतालमा भइरहेको छ, भने,प्रहरीले युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको सिरहाका प्रहरीले जनाएको छ ।