Saturday, June 21, 2025

गढीमाई नगरपालिकाका १२ औं नगरसभा कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लाको गढीमाई नगरपालिकाले आज शनिबार १२ औं नगर सभा कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि कुल बजेट ५४ करोड ९१ लाख ७२ हजार एक सय आठ रुपैया पारित गरेको छ।

पारित गरेको बजेटमध्ये पुँजिगत खर्चतर्फ रु १९ करोड १५ लाख ४९ हजार र चालु खर्चतर्फ रु ३५ करोड ७६ लाख २३ हजार एक सय आठ रुपैया विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख श्याम प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादव प्रमुख अतिथिको रूपमा सहभागी रहेका थिए । सभामा विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका प्राथमिकता क्षेत्रमा बजेट केन्द्रित गरिएको नगर प्रमुख यादवले जानकारी दिएका छन् ।

नगर प्रमुख यादवले आगामी वर्षमा नगरका विकास योजनाहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने प्रतिबद्धता जनाउँदै सबै जनप्रतिनिधि, तथा कर्मचारी र नागरिकहरूलाई सहकार्यका लागि आग्रह गरेका छन् ।

उनले नगरवासीहरूको जीवनस्तर सुधार, बालबालिका तथा युवाहरूको क्षमता विकास, र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्रमुख लक्ष्यका रूपमा लिइएको स्पष्ट पारे। साथै, नगर प्रमुख यादवले योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाहरूलाई साथ र सहकार्यको आह्वान समेत गर्नु भयो।

उक्त नगर सभामा उपनगर प्रमुख स्मिता कुमारी यादव , १ देखी ९ वडाका वडाध्यक्ष , वडा सदस्य नगरपालिका कर्मचारी, सुरक्षकर्मी, नागरिक समाज , विभिन्न पार्टीका प्रतिनिधि, तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles