सर्लाहीको बरहथवा नगरपालिका–४ स्थित खैराटोलमा आज शनिबार बिहान सडक विस्तारको कामको क्रममा विवाद उत्पन्न भएको छ । विवादले उग्र रूप लिएपछि, स्थानीयवासी र सुरक्षाकर्मीबीच झडप भएको सर्लाहीका स्थानीयले बताउँछन् ।
सर्लाहीको बरहथवा नगरपालिका–४ स्थित खैराटोलमा सडक विस्तारको कामको क्रममा उत्पन्न विवादलाई नियन्त्रणमा लिनका लागि प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।
आज बिहान सडक विस्तारको कामको क्रममा उत्पन्न विवादले उग्र रूप लिएपछि स्थानीयवासी र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
झडपका क्रममा इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका छन् ।
झडप नियन्त्रण गर्ने क्रममा घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पुरयाइएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको सर्लाहीका प्रहरीले जनाएको छ । सर्लाही प्रहरीका अनुसार स्थिति अहिले सामान्य रहेको बताएको छ ।