नेपाल प्रहरीमा हाकिमको संरक्षण भए पछि, कुनै निति नियम लाग्दैन भन्ने कुरा बारम्बार देखिदै नआएको होइन । नीति र कानुन भनेको नहुनेका लागि मात्रै हो । पावर हुनेलाई सबै छुट छ ।
बेला बेलामा हाकिमले सबैलाई समान व्यवहार गर्छु , काखापाखा गर्दिन , नीति र कानुन सबैलाई बराबर हो भन्ने भाषण केवल बोल्नका लागि मात्रै हो । अरूलाई सुनाउन मात्रै हो । यो कुरा व्यवहारमा प्रमाणित भैरहेको छ ।
यस्तै हामीलाई प्राप्त जानकारी अनुसार अन्यत्र दरबन्दी भएका र पटकपटक कारबाहीमा परेका जागिरबाट निलम्बनमा परेका र तराईका घुमुवाहरुलाई उजुरी छानबिन काठमाडौंले तानेर पहाडी जिल्लामा खटाउन परम्परा रहेको थियो, तर कस् लाई पावर सोर्स फोर्स नभएकालाई मात्रै,
पावर सोर्स पैसा भएकालाई त कारबाही त परै जाओस् तराईका एक जिल्लाबाट अर्को छिमेकी जिल्लामा पठाउने काम भएको देखिएको छ ।
दरबन्दी पठाउ अभियान यसअघिका नेपाल प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरले चालेको भए पनि उनी सफल त भएनन् । तर धेरै हदसम्म उनले अभियानलाई सफल बनाएका थिए ।
दरबन्दी अन्यत्र भएकोले दरबन्दीमा रमाना गर्नु अस्वाभाविक नभए पनि त्यो दरबन्दी पठाउ अभियान सबैलाई लागू हुनुपर्छ भन्ने कुरा प्रमुख रहेको थियो ।
नीति नियम सबैलाई एकै प्रकारले लागू गरिनुपर्छ, भन्ने कुरा हो । तर मधेस प्रदेशको जिल्लाबाट कारबाहीमा परेकालाई उजुरी छानबिनका लागि काठमाडौं हेड औपीसमा तानेर हप्ता केही महिनामात्र राखेर पुनः मधेस प्रदेधकै जिल्लामा पठाएको नेपाल प्रहरी चाैरफि चर्चा चलिरहेका छन् ।
प्रहरीमा जागिर खाए देखि नै एकाध महिना बाहेक केहीले पावर पहुँच भएका प्रहरीले सधैं तराईका जिल्लाहरुमा नै घुमुवाको रूपमा परिचालित छन् ।
तराईका प्रहरीहरूमा सधै यही प्रश्न उठने गर्छन् ।