Sunday, June 22, 2025

सशस्त्र प्रहरी पर्साद्वारा तस्करीको कपडा बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल पर्साले एक घरमा छापामारि गरेर अवैध कपडा सशस्त्र प्रहरी पर्साले बरामद गरेको छ ।
सशस्त्र प्रहरी पर्साले विशेष सुचनाको अधारमा छापा मारेको हो । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज बाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकेन्द्र बहादुर सुब्बाको टोलि र बिरगंज भन्सार कार्यालयको संयुक्त टोलिले बिरगंज महानगरपालिका वडा नं ८ गहवा स्तिथ एक घरमा भन्सार छलि ल्याइएको कपडा बरामद गरेको हो , सशस्त्र प्रहरी पर्साले बिशेष सुचनाको अधारमा घरमा रितपुर्वक चेकजांच गर्दा कपडा फेला परेको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

सशस्त्र प्रहरीले बरामद गरेको समान शिवचरण रामको घर कोठामा फेला परेको थियो ।
छापाका क्रममा घरभित्र खाटमुनि, भर्‍याङमुनि तथा टिनको ड्रामभित्र अवैध रुपमा लुकाइछिपाइ राखिएको अवस्थामा ती कपडाहरू फेला परेको सशस्त्र प्रहरी पर्साले जनाएको छ । बरामद भएका सामान आवश्यक कारबाहीका लागि पर्साका वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साले जानाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles