Sunday, June 29, 2025

झापाको काँकडभिट्टाबाट हतियारसहित भारतीय नागरिक पक्राउ:-

ताजा / भरखरै प्राप्त

झापाको काँकडभिट्टाबाट एक भारतीय नागरिकलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले गुप्त सूचनाका आधारमा मेचीनगर नगरपालिका–६ स्थित बसपार्क क्षेत्रबाट भारतको सिलिगुडी निवासी ३५ वर्षीय जयप्रकाश कुमार पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।

झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार पाठक
के प्रयोजनका लागि हतियारसहित नेपाल आएको हो भन्ने विषयमा यकिन खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles