



बारा जिल्लाको बारागढि गाउँपालिकाले आज शोमबार दोस्रो कार्यकालको ७ औं गाउँसभाका अधिवेशन कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाल आगामी वर्षमा गाउँ विकास योजनाहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने प्रतिबद्धता जनाउँदै सबै जनप्रतिनिधि, तथा कर्मचारी र नागरिकहरूलाई सहकार्यका लागि आग्रह गरेका छन् ।
उक्त गाउँ सभामा उपाध्यक्ष लक्ष्मी देवी राय, तथा १ देखी ६ वडाका वडाध्यक्ष , वडा सदस्य र गाउँपालिका कर्मचारी,तथा सुरक्षकर्मी, नागरिक समाज , विभिन्न पार्टीका प्रतिनिधि, तथा पत्रकारहरुको उपस्थितमा गाउँसभा कार्यक्रम सम्पन्न भएको छ ।