Saturday, June 28, 2025

पर्सा प्रहरीद्वारा ६ महिनामा ३२ करोड भन्दा बडी को अवैध समान बरामद:-

ताजा / भरखरै प्राप्त

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मिश्रको ६ महिना कार्यकालको,अवधिमा ३२ करोड भन्दा बढीको अबैध तरिकाबाट ल्याएको तस्करीको सामान बरामद गरि पर्साका बिरगञज भन्सार कार्यालयमा बुझाएको”
पर्सा प्रहरी का सुचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले सम्हालेको अवधिदेखि हाल ६ महिनामा ३२ करोड ८ लाख ५६ हजार ३४२ रुपैयाँ बराबरको प्रतिबन्धित सामग्री पक्राउ गरि पर्साका बिरगञज भन्सार कार्यालय बुझाएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोली र क्राईम ब्रान्च शाखाका प्रहरीको सक्रियतामा उक्त सामानहरु नियन्त्रणमा लिन सफल भएको हो ।

पर्सा प्रहरीको टोली र क्राईम ब्रान्च शाखाको टोलीको सक्रियतामा सिमानाकामा हुने तस्करी र लागु औषध ओसारपसारमा कडाई गरेपछि धमाधम लागु औषध कारोबारमा संलग्न रहेकाहरुलाई पक्राउ गर्न सफल भएकाछन्।पर्सा जिल्लाको कमाण्ड सम्हालेका प्रहरी प्रमुख एसपी मिश्रको निर्देशनमा सादा पोसाकमा रहेका अपराध शाखाले २०८१ साल माघ १०गतेदेखि आषाढ ७गतेसम्म३२ करोड ८ लाख ५६हजार ३ सय४२ रुपैयाँ बराबरको अवैध सामानहरु सहित ३४वटा सवारीसाधन गाडी नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया र वीरगन्ज भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जनाएका छन् ।

पर्सा प्रहरीले सो रकम बराबरको अवैध भन्सार छलि नेपाल भित्राएको खाद्यान्न, लत्ताकपडा, हार्डवेयर, आईसिपी भन्सार वीरगन्जबाट भन्सार जाँचपास भई निसकेको प्रज्ञापन पत्र भन्दा बढी भन्सार छलेर लुकाई छिपाई लगिरहेको ट्रकहरुबाट अवैध सामान बरामद गरेको पर्सा प्रहरी प्रमुख मिश्रले बताए ।

त्यसै गरी ६ महिनाको अवधिमा प्रतिबन्धित लागु औषध गाँजा ५१६ किलो ७५० ग्राम बिभिन्न स्थानबाट मानिस सहित पक्राउ गरेको छ भने चरेश ३१ केजी ५०० ग्राम, ब्राउन सुगर २२४ ग्राम ४६ मिलिग्राम, अफिम १ केजी७२ ग्राम, डाइजोपाम २ एम्पुल, नुर्फिन २ एम्पुल, नाट्रभेटट्याब्लेट २४ पिस ट्याब्लेट र अयमष्धभिि ५० बोतल, नाइट्राजेपाम ८८६ ट्याब्लेटसहित ५६जनालाई मानिसलाई पक्राउ गरि लागुऔषध कसूरमा ३५वटा मुद्दा दर्ता गरी पक्राउ परेकाहरुलाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध कारोबारमा मुद्दा चलाएको छ ।

लागू औषधसहित विभिन्न मदिराजन्य नियन्त्रण विरुद्धको अभियानमा पनि प्रहरीले थप सक्रियता देखाएको छ ।
एसपी मिश्रले ६ महिनाको अवधिमा पर्साको ग्रामीण भेगमा २५ कठ्ठा जग्गामा लगाएको लागूऔषध गाँजा फडानी गरि २ लाख३२ हजार ६ सय बोट नष्ट गरेको छ ।
यसै गरि १ कठ्ठामा लगाएको अफिमको बोट ५हजार नष्ट गरेको प्रहरीले जनाएको हो। पर्सा प्रहरीले फैसला कार्यान्वयनमा उल्लेख्य प्रगति गरेको छ । प्रहरीले फैसला कार्यान्वयनलाई तीव्रता दिँदै कुल १०२७ प्रतिवादी पक्राउ गरेको छ । पक्राउ परेका प्रतिवादीहरुबाट ४१ वर्ष १० महिना १० दिनको कैद सजाय असुल गरिएको छ । साथै, जरिवाना बापत १ करोड २२ लाख ७५ हजार २२८ रुपैयाँ असुली गर्ने सफल भएका छन।

यसैगरी वन जंगल फडानी गरी काठ तस्किरीमा संलग्नलाई वन डिभिजन कार्यालयको समन्वयमा पक्राउ गरिएको छ । उनीहरुको साथबाट बरामद भएको ७९०क्युफिट काठसहित नियन्त्रणमा लिइएका बस, चालक, ट्रयाक्टर, साइकलसमेत वन डिभिजन कार्यालयमा बुझाइएको छ ।

उक्त प्रहरीले मानव बेचबिखनमा ११ वटा मुद्दा दर्ता गरि १७ जनालाई कानुनी कार्यबाही गरि पुर्पक्षका लागि अदालतबाट कारागार कार्यालय वीरगन्जमा पठाएको छ।यसैगरी २९ जना महिला तथा बालबालिकालाई उद्धार गरि सकुशल ल्याएको पर्सा प्रहरीले सार्वजनिक गरेको छ।चोरी भएका तथा हराएको विभिन्न किसिमको १८२ वटा मोबाईल फेला पारि सम्बन्धित धनिलाई बुझाएको हो।

मिश्रले पर्साको कार्यभार सम्हालेको दिन देखि केही छुटफुट सामान्य घटना बाहेक शान्ति सुरक्षा कायम रहेकोले पर्साबासीमा निकै चर्चित एसपीको रुपमा रहेक छन्।

पर्साका प्रहरी प्रमुख मिश्रले पर्सामा कार्यभार सम्हालेको दिनदेखि अपराध अनुसन्धान शाखाको सँयुक्त टोली सक्रियतामा तस्करीमा कडाई गरि तस्करीको सामान धमाधम पक्राउ गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाउने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुखको रूपमा आउनु भएको प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले कमाण्ड सम्हालेको मात्र ६ महिनाको अवधिमा ३२ करोड भन्दा बढीको तस्करीको अबैध सामान बरामद गर्नुको साथ साथै पर्सा जिल्लाभरिमा पर्सा प्रहरी प्रमुखको चौतर्फी सराहनीयको कार्यको चर्चा चलिरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles