Saturday, June 28, 2025

बारा प्रहरीद्वारचरेस र नगद रकमसहित बच्चु पक्राउ:-

ताजा / भरखरै प्राप्त

बाराको पथलैयामा यात्रुबाहक बसबाट लागू औषध चरेससहित एक व्याक्ति पक्राउ परेको बाराका प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–१६ स्थायी घरभइ हाल बाराको जीतपुरसिमरा–६ सिदरीया टोलमा बस्ने ५६ वर्षीय बच्चु कुमार बुढाथोकी रहेको बाराका प्रहरीले बताएका छन् ।

नारायणघाटबाट वीरगन्जतर्फ आउदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्रुबाहक बसलाई प्रहरीले पथलैयामा रोकेर चेक जाँच गर्दा सिटमा बुढाथोकीले राखेको झोलाबाट एक किलो ९३३ ग्राम चरेस बरामद गरेको बाराका प्रहरीले बताएको हो ।

उनको साथबाट नेपाली रु ६० हजार ५ सय र भारततीय ३९ हजार २ सय १७ रुपैयाँ नगद पनि रहेको बाराका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles