



काठमाडौंको विष्णुमती खोलाले बगाएको कार र महिलाको उद्धार गर्दै प्रहरी” विपद् व्यवस्थापन कार्यालय, काठमाडौं ।
काठमाडौँको टोखा नगरपालिका ग्रान्डी अस्पताल नजिकबाट नदीमा खसेको कारसँगै बगेकी ३४ वर्षीया भावना ओलीलाई नेपाल प्रहरी टोली र स्थानीयवासीले सकुशल उद्धार गरेका हुन् ।
दुईजना सवार कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- १ घर भई हाल काठमाडौँको धुम्बाराई बस्दै आएका ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए।
बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको कार गएराति सवा ८ बजेतिर एक्कासि खोलामा खसेको थियो । प्रहरीका अनुसार गाडी खोलामा खस्नासाथ सिंह किनारामा हाम फालेका थिए । तर गाडीभित्रै रहेकी भावना ओली भने बाहिरिन नसकेपछि कारसँगै बगेकी थिइन् ।
गाडी भित्र रहेकी ओली गाडीसहित बगिरहेको देखेपछि प्रहरीले पछ्याउँदै गएर बानियाटार पुलबाट उद्धार गरेको हो ।
हाल उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।