Saturday, June 28, 2025

पर्सा प्रहरीद्वारा ठुलो परिमाणमा अवैध लागू औषध चरेस बरामद:-

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरी प्रमुखले लागूऔषध ओसारपसारविरुद्ध कडाइका साथ कारबाही गरेको र बरामद गरिएको चरेस सार्वजनिक गरका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)गौतम मिश्रको कडाइसाथ पर्साका प्रहरीहरुलाई निर्देश दिदै आएकोमा मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको मालवाहक ट्रकबाट ३ क्विन्टल १९ किलो लागूऔषध चरेशसहित ट्रक चालक पनि पर्साका प्रहरीले पक्राउ गरेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत पर्ने प्रहरी चौकी सिर्सियाका सई, प्रहरी वरिष्ठ नायब निरीक्षक गगन बहादुर शाहीलाई विशेष सूचना आए पछि, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गाैतम मिश्रलाई जानकारी गराइ प्रहरीका संयुक्त टोलीहरुलाई परिचालन गरि प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा प्रदेश नम्बर २-०३-००१ ख ६३ ४८ नम्बरको ट्रकलाई वीरगञ्ज महानगरपालिका -२१ परवानीपुर चोकस्थित सडकखण्डमा ट्रक रोकिरहेको अवस्थामा पर्सा प्रहरीले फेला पारी ट्रकको चेक जाँच गरेको थियो।

जाँचका क्रममा ट्रकको पछाडिको भागमा सेतो प्लास्टिकको बोराभित्र लुकाइ छिपाई राखिएको अवस्थामा ३ क्विन्टल १९ किलो चरेश बरामद गरेको पर्साका प्रहरीले बताएका छन् ।

पक्राउ पर्नेमा ट्रक चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. १२ बस्ने ३६ वर्षीय बुद्धी बहादुर स्याङ्तानलाई पर्सा प्रहरीले नियन्त्रणमा लिइएको र चाललाई खान्तलासी गर्दा खल्तिमा नगद रकम एक लाख ९२ हजार तथा एक थान मोबाइल पनि बरामद गरेको पर्सा प्रहरीले जानकारी गराएका छन् ।

बरामद भएको लागूऔषध चरेश, र नगद रकम र मोबाइल एक थान तथा ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको,पर्सा जिल्लाका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles