


पर्सा प्रहरीले करिब सवा तिन क्विन्टल चरेससहित एकजना लाई पक्राउ गरेका छन् ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानिपुरबाट पर्साका प्रहरीले तीन क्विन्टल १७ किलो ५ सय ग्राम प्रतिबन्धित लागू औषध चरेससहित प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको ट्रक र चालक मकवानपुरका बुद्धि बहादुर स्याङ्तानलालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गाैतम मिश्रले जानकारी दिएका छन् ।