

सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट खटिएको टोलिले बिरगंज महानगरपालिका -१ स्थित छप्कैयाबाट भारतबाट भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको अवस्थामा मुल्य रु.३,४०,८००। – बराबरको कपडा र छोकडा नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएका छ ।
त्यसैगरी आजकै मितिमा सशस्त्र प्रहरी बल,नेपाल बि.ओ.पि. सिर्सियाबाट खटिएको टोलिले जि.पर्सा बिरगंज महानगरपालिका वडा नं. ३ छपकैयाबाट अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेको रु २,४२,०००, बराबरको छालाको जुत्ता र उक्त कार्यमा प्रयोग भएको मोटरसाइकल समेत नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
साथै आजकै मितिमा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्र.सी.सु.गुल्म वीरगञ्जबाट र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले बिरगंज महानगरपालिका – १६ नगवा नयाँ बस्ति स्थित शिवम टोलमा रहेको रोहित प्रसाद कानुको घरमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ऐ.ऐ.नगुवा बस्ने भोला साह तेलीले ग्राउण्ड फ्लोअरको कोठामा अवैध रुपमा भण्डारण गरी राखेको रु. ५६,८००।- बराबरको चिनि, पुरानो बोरा सिलाउने मेसिन, पुरानो डिजिटल मेसिन बरामद गरी आवश्यक कारबाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी पर्साका सुचना अधिकारी देबेन्द्र बहादुर सिंह तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)ले जानकारी दिएको हो ।