Saturday, June 28, 2025

हजारौंको सहभागितामा बिरगंज गहवामाईको रथयात्रा सम्पन्न:-

ताजा / भरखरै प्राप्त

ऐतिहासिक, सांस्कृतिक सम्पदा र धार्मिक आस्थाको प्रतीकको रुपमा रहेको पर्साका वीरगञ्जको गहवामाईको रथयात्रा सम्पन्न भएको छ । बिरगंज गहवामाई मन्दिर पुनर्निर्माणको १६ औँ वार्षिकोत्सवको अवसरमा तेस्रो रथयात्रा निकालिएको हो ।

पर्साका बिरगंजको गहवा माई मन्दिरमा आज रथ यात्राको ऐतिहासिक दिन भव्य रूपमा मनाइँयो।

भक्तजनहरूको ठूलो संख्यामा सहभागिता, रहेको थियो, बाजागाजा, झाँकी, धार्मिक झाँकियाँ र उत्साहपूर्ण वातावरणले सम्पूर्ण क्षेत्र आस्थामय बनेको थियो ।

यस ऐतिहासिक दिनको अवसरमा आज बिरगंजको गहवा माईको रथ यात्राले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश पनि दिएको छ ।

परम्परागत रूपमा सजाइएको रथमा देवीलाई विराजमान गराई नगर परिक्रमा गरिएको र जसमा हजारौं श्रद्धालुहरूले पूजा अर्चना, दर्शन गरी आशीर्वाद प्राप्त गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles