नेपाल आयल निगमले थानकोट डिपोबाट भएको तेल चोरी घटनाको छानबिन गर्न ४ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
आयल निगमले हिजो शुक्रबार गुणस्तर नियन्त्रण तथा अनुगमन विभागका निर्देशक विधि श्रेष्ठको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
छानबिन समितिमा श्रेष्ठको नेतृत्वमा प्रशासन विभागबाट १ जना, आन्तरिक नियन्त्रणबाट १ जना र एलपिजी तथा एभिएसन विभागबाट १ जना गरी ४ जनाको समिति गठन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।