Sunday, June 29, 2025

सशस्त्र प्रहरी बल पर्साद्वारा तस्करीको समान मोटरसाइकलसहित पक्राउ:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी पर्साले रु.११,६६,६९०।- बराबरको तस्करीको सामानहरु मोटरसाइकलसहित पर्साका बिरगंज भन्सारमा दाखिला गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु. गुल्म बीरगञ्जबाट खटीएको टोलिले बिरगंज महानगपालिका वडा नं. १६ ईनर्वा स्थित सीमा नाकाबाट बोरामा प्याक गरी अवैध रुपमा नेपालबाट भारततर्फ निकासी गरि लादै गरेको अवस्थामा रु. ५,०८,०००।- बरावरको तामाको माने र उक्त कार्यमा प्रयोग भएको E-LOADER सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

साथै आजैको मितिमा सोही गुल्मबाट खटिएको अर्को टोलिले बि.म.न.पा. -१६ स्थित भन्सार क्षेत्रबाट रक्सौलबाट बिरगंजतर्फ आउदै गरेको मो.सा.को बिभिन्न भागमा अबैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा रु.४,६७,०००।- बरावरको मोवाईल पार्टस र उक्त कार्यमा प्रयोग भएको मो.सा.सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु.गुल्म अलौबाट खटिगएको टोलिले बिन्दवासिनी गा.पा-४ झौवा चोकबाट भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको रु १,९१,६९०/- बराबरको मो.सा.सहित किराना समान नियन्त्रणमा लिई आजै आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका सुचना अधिकारी (डीएसपी)
देबेन्द्र बहादुर सिंहले जानकारीका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles