Tuesday, July 1, 2025

जिल्ला रौतहटको ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको गस्तीका टोलीले भारतिय नम्बरको चोरीको एकथान स्कार्पियो गाड़ी बरामद गरेको राैतहट प्रहरीले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

बरामद भएको स्कारपियो राजपुर वडा नं – ३ स्थित प्रहरीले चेकजाँचको क्रममा विआर ३१ प ०८०७ नम्बरको सेतो रंगको महिन्द्रा स्कारपियो गाडी बरामद प्रहरीले गरेको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले बताएको हो ।
उक्त गाडी आवश्यक कागजात बिना अवैध रुपमा भारतबाट नेपाल ल्याइएको पुष्टि भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

बरामद भएको गाडीको मूल्य २० लाख रुपैयाँ गरी आवश्यक कारवाहीको लागि, राैतहटको गाैर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी राैतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक कुमारले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles