कालोबजारी गर्दै ५ गुणा बढी मूल्यमा पोषण पूरक औषधी बिक्री गर्ने व्यक्ति, २५ लाख मूल्य बराबरको औषधीसहित पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट सस्तो मूल्यमा ल्याइएका पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य आफै छापेर कालोबजारी गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका –२४ स्थित विश्वनाथ राउतको घरमा भारतबाट आयात गरिएका औषधीहरूमा म्याक्सिमम रिटेल प्राइस (MRP) नभएको, र ती औषधीहरूलाई नेपाल भित्र्याई मेसिनको प्रयोगबाट बढी मूल्य छापेर बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा पर्साका प्रहरीको टोलीले उक्त घरमा छापा मारी ठूलो परिमाणमा औषधी बरामद गरेको पर्साका प्रहरीले बताएका छन् ।
पर्सा प्रहरीले पक्राउ गरेको वीरगञ्ज महानगरपालिका वडा नं – २६ , का ४२ वर्षीय जितेन्द्र प्रसाद कुर्मीलाई नियन्त्रणमा लिइ कालोबजारी तथा केही अन्य सामाजिक अपराध सम्बन्धी ऐन, अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले बताएका छन्।
बरामद औषधी र सामग्रीहरूमा समावेश:
ACON2K, CANWEL POWDER, ORTHOHEAL, NITVIT PLUS, SIMROSE, IMMATEKEAL SUSPENSION, ACTIFERON, PREGAFOL, ARTHRAID, VITO-C, LIVUS, EVELTN, IMMUHEAL लगायतका हजारौं पिस औषधीहरू
MRP छाप्ने प्रिन्ट मेसिन विभिन्न कम्पनीको नाममा प्रज्ञापन, बिलपाना, अर्डर बुक, लेखिएको कागजातहरू NEPAL NEUTRACEUTICALS COMPANY PVT. LTD. तथा SUBHAM MEDISUPPLIERS
नाम लेखिएको ठेली बरामद सामग्रीको अनुमानित मूल्य करिब २६ लाख रुपैयाँ बराबरको रहेको प्रहरीको मूल्याङ्कन रहेको छ ।
तस्करी तथा लागु औषध कालोबजारी नियन्त्रणका लागि पर्सा प्रहरीले सीमा क्षेत्रमा निगरानी कडा पारेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिएका छन् ।