Tuesday, July 1, 2025

लामो समय पछि, वरिष्ठ, सईको, तलब, बढ्यो:-

ताजा / भरखरै प्राप्त

लामो संघर्षपछि नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकहरूले दर्जाअनुसारको सुविधा पाउने भएका छन् । बढुवा गरिएको चार वर्षपछि वरिष्ठ सईको तलबमान स्वीकृत गरी सरकारले बजेट निकासा दिएको छ ।अर्थ मन्त्रालयले सोमबार बरिष्ठ सईको तलबमानका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको हो। मन्त्रिपरिषद्को बैठकले गत बैशाखमा नै तलबमान स्वीकृती गरेको थियो । तर, अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा वरिष्ठ सईहरुले ग्रेडअनुसार तलब पाएका थिएनन्।
यससँगै अब वरिष्ठ सईहरुले पाँच ग्रेड पाउने भएका छन्। यसअघि दुई ग्रेड मात्र पाउँदै आएका थिए। जसकारण सइको भन्दा उनीहरुको तलब कम थियो।दर्जाअनुसारको तलब पाउनका लागि वरिष्ठ सइहरुले चार वर्ष संघर्ष गर्नुपर्यो । उनीहरुले अदालतमा समेत मुद्दा हाले। गत वर्ष साउनमै सर्वोच्च अदालतले सरकारका नाममा परमादेश समेत दिएको थियो ।
करिब एक वर्षपछि सो परमादेश कार्यान्वायन भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles