Tuesday, February 3, 2026

१२ वटा चेक पोष्टप पारगर्दै आएको चरेशसहितको ट्रकपर्सा प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीको ठुलो सफलता तीनवटा जिल्लाका १२ वटा चेकपोष्टहरु पारगर्दै आएको चरेशसहितको गाडी पर्साका प्रहरीले पक्राउ गरेका छन् ।

चितन,मकवानपुर, बारा,हुदै आएको ट्रक पर्सा प्रहरीले पक्राउ गर्यो, तीनवटा जिल्लाका १२ वटा चेकपोष्टहरु पार गर्दै आएको ८० लाख बराबरको चरेस कसरी पुग्यो, पर्सामा ?

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले २०८२ असार ११ गते काठमाडौंबाट बीरगञ्जतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट ३ सय १९ केजी लागूऔषध चरेश बरामद गरेको छ ।
प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट उक्त चरेश बरामद गरिएको थियो । बीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोकमा रोकेर राखेकोे अवस्थामा ट्रक र चालकको खानतलासी गर्दा उक्त चरेश फेलापरेको थियो पर्साका प्रहरीले बताएको हो ।

उक्त ट्रकचालकले नै धादिङबाट आएको पर्साका प्रहरीलाई बयान दिएका छन् । पर्सा प्रहरीले बरामद गरेको चरेशको मूल्य प्रतिकेजी २५ देखि ३० हजारसम्म पर्ने प्रहरी स्रोत बताउँछ ।
३ सय १९ किलो चरेशको मूल्य २५ हजारकै हिसाबले करिब ८० लाख रुपैयाँको रहेको छ । धादिङ, चितवन, र बारा जिल्लाका चेकपोष्टहरुमा बडी चेक जाचहुने ठाउ – धादिङ, मुगलिन,जुगेडी,रामनगर,
बसपार्क, गोन्द्राङ,टाँडी,भन्डारा, लोथर, रातोमाटो, अमलेशगंज, पथलैया, १२ वटा चेक पोष्ट पार गर्दै आएको ट्रक चरेशसहितको गाडी पर्साका बिरगंजमा कसरी पुग्यो ?

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles