Saturday, August 16, 2025

एसपीलाई धम्की दिएका जसपा नेता यादवले भने – भागेको होइन, छोराको उपचारमा व्यस्त छु सर्लाहीमा ।

ताजा / भरखरै प्राप्त

सर्लाही प्रहरीको फरार सूचीमा रहेका जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशका अध्यक्ष अशोक यादवले आफूलाई फरार नभएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै यादवले आफू कुनै अपराधी नभएको र जनताको हकहितका लागि आवाज उठाएकै कारण राज्यको दमनमा परेको दाबी गरेका हुन् ।
यादवले स्पष्ट रूपमा भने, “मैले कुनै अपराध गरेको छैन। म त निमुखा, शोषित, पीडित र विपन्न वर्गका लागि आवाज उठाइरहेको छु ।
भ्रष्टाचार, बेथिति र लुटतन्त्रविरुद्ध बोलेको हुँ। त्यसकै कारण मलाई अपराधी देखिएको हो भने म सय वटा मुद्दा खेप्न तयार छु, तर जनताको पक्षमा बोल्न कहिल्यै रोकिन्न।”
उनले आफूविरुद्ध झुटा आरोप लगाइएको भन्दै प्रहरीको व्यवहारलाई ‘डाँका शैली’को रूपमा चित्रण गरे । उनका अनुसार, प्रहरीहरू घरमै पुगेर छोरामाथि कुटपिट गरेका थिए र त्यस क्रममा छोराको गर्दनको नसासमेत च्यातिएको छ।
“अहिले म छोराको उपचारमा व्यस्त छु,” उनले भने ।यसैबीच, सर्लाही प्रहरीले यादवविरुद्ध सार्वजनिक सेवा अवरोध र राजनीतिक उपद्रोका अभियोगमा जिल्ला अदालतबाट दुई वटा पक्राउ पुर्जी जारी गरिसकेको जनाएको छ । बिहीबार राति सर्लाहीका एसपी योगेन्द्रकुमार खड्का र अध्यक्ष यादवबीचको भनाभन तथा गालीगलौज भएको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विषय थप चर्किएको थियो।यादवले उक्त अडियोबारे पनि स्पष्टीकरण दिँदै एसपीलाई पहिले गाली नगरेको जिकिर गरे । उनले सर्वसाधारणलाई आह्वान गर्दै भने, “यो अन्याय र अत्याचारविरुद्ध सबै जनता आन्दोलनमा उत्रनुपर्छ। अब हामी चुप बस्ने छैनौं। नव जनप्रहारबाट सभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles