चपुर ग्रिडमा आज बिहान आइसोलेटर जलेका कारणले राैतहटका सदरमुकाम गौर सबस्टेशनमार्फत सञ्चालित विभिन्न विद्युत् लाइनहरू आंशिक वा पूर्ण रूपमा अवरुद्ध हुने भएको बताइएको छ ।
प्राविधिक गडबडी मर्मत गर्न आवश्यक समय लाग्ने भएकाले करिब ५ घण्टासम्म सेवा प्रभावित हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
विद्युत् प्राधिकरणका अनुसार समस्या समाधानका लागि प्राविधिक टोली घटनास्थलमा परिचालित भइसकेका छन् ।
र मर्मत कार्य तीव्र गतिमा अगाडि बढाइएको प्राधिकरणले बताएको छ ।