


पक्राउ पर्नेमा जिल्ला बारा जीतपुु सिमरा उप-महानगरपालिका वडा नं ७ निवासी सरोज अंसारी रहेको बाराका प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष टोलीले,बाराको उप–महानगरपालिका–५, भरत चौकस्थित मटिअर्वातर्फ जाने बाटोको छेउमा शङ्कास्पद रूपमा दुई वटा क्यारेटसहित उभिएको एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी देखेपछि ती व्यक्ति भाग्न खोजे पनि तत्काल नियन्त्रणमा लिइएको र क्यारेट खोली जाँच गर्दा ४,५०० पिस प्रतिबन्धित लागूऔषध बरामद भएको छ, बरामद भएको नोफिन, फेनारगन र डाइजोपाम क्रमशः १५–१५ सय पिस रहेको जिल्ला प्रहरी बाराले जनाएको छ ।