Wednesday, August 13, 2025

आईसीसी टी -२० विश्वकप छनोट नेपाल समूह-२ मा:-

ताजा / भरखरै प्राप्त

आईसीसी टी –२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल समूह-२ मा परेका छन् ।
ओमनमा आगामी अक्टोबरमा हुने उक्त छनोटमा नेपाल समूह-२ मा परेको बताइएको छ ।
उक्त समूहमा नेपालसहित कुवेत र जापान रहेका
छन् । छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको बताइएको छ । सो समूह -१ मा युएई, मलेसिया र कतार छन् । यस्तै समूह-३ मा आयोजक ओमान, पपुवान्यूगिनी र सामोआ रहेको छन् ।

तीनवटै समूहबाट शीर्ष दुईमा रहने टोली सुपर-६ मा पुग्ने छन् । सुपर-६ बाट शीर्ष ३ मा पर्ने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट खेल्नेछन् “भने छनोट अक्टोबर ८ देखि १७ सम्म ओमनमा हुने भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles