Saturday, August 16, 2025

अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट दीपेन्द्र चौहानको सहभागिता:-

ताजा / भरखरै प्राप्त

नेपाल फेस
बिहिबार, असार २६ २०८२ ।
ब्रुकिङ्स, दक्षिण डकोटा । स्थानीय समाचारपत्रहरू—जुन हाम्रो समुदायको आवाज, पहिचान र आवश्यकताको प्रतिबिम्ब हुन्—तिनको भविष्य, चुनौती र नवप्रवर्तनमाथि केन्द्रित अन्तर्राष्ट्रिय साप्ताहिक पत्रिका सम्पादकहरूको सम्मेलन (International Society of Weekly Newspaper Editors – ISWNE) अमेरिकाको दक्षिण डकोटास्थित साउथ डकोटा स्टेट युनिभर्सिटी (SDSU) मा यही असार २५ गतेदेखि सुरु भएको छ ।

विश्वका अनुभवी सम्पादकहरूको साझा मञ्च बनेको यस सम्मेलनमा नेपालबाट वरिष्ठ पत्रकार दीपेन्द्र चौहान जनसमीक्षा साप्ताहिकका अतिथि सम्पादकको हैसियतमा एकमात्र नेपाली प्रतिनिधिका रूपमा सहभागी भएका छन् ।

नेपाल पत्रकार महासंघका पूर्व सचिव तथा विश्व पत्रकार महासंघका संयुक्त सचिव रहेका चौहान सम्मेलनमा सहभागी भएका नेपालका एकमात्र प्रतिनिधि हुन् । सन् १९५५ मा स्थापना भएको ISWNE को उद्देश्य सम्पादकीय लेखनमा उच्च मापदण्ड प्रवद्र्धन गर्नु, विचार आदान–प्रदानको अवसर सृजना गर्नु तथा सम्पूर्ण राष्ट्रमा प्रेस स्वतन्त्रताको प्रवद्र्धन गर्नु हो ।

अमेरिका, क्यानडा, बेलायत, आयरल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, दक्षिण अफ्रिका र नेपाललगायतका मुलुकहरूबाट ISWNE मा सदस्यता रहेको छ ।

सम्मेलनको औपचारिक उदघाटन SDSU का अध्यक्ष ब्यारी डन, पत्रकारिता तथा सञ्चार विभागका निर्देशक जोशुवा वेस्टविक तथा साउथ डकोटा न्यूज मिडिया एसोसिएसन (SDNA) का मोली म्याकरोबट्र्स र डेविड बोर्डेविकले संयुक्त रूपमा गरेका थिए ।

उद्घाटन समारोहपश्चात “South Dakota’s Changing Journalism Landscape” विषयक प्यानल छलफल आयोजना गरिएको थियो । छलफलमा अमेरिकी ग्रामीण पत्रपत्रिकाको बदलिंदो स्वरूप, स्थानीय समुदायको भूमिका र डिजिटल युगमा साप्ताहिक पत्रिकाहरूको सन्दर्भमा चुनौती र सम्भावनाहरूबारे व्यापक बहस भएको थियो ।

त्यसैगरी क्म्क्ग् कलेजियन नामक विद्यार्थी–समाचारपत्रले आफ्ना पाठकसँगको सम्बन्ध विस्तार, डिजिटल माध्यममा उपस्थितिका रणनीति र युवाहरूलाई पत्रकारितामा आकर्षित गर्ने उपायबारे आफ्नो अनुभव प्रस्तुत गरेको थियो ।

वरिष्ठ पत्रकार चौहानले सम्मेलनमा सहभागितालाई नेपालजस्तो मुलुकका लागि महत्वपूर्ण अवसरका रूपमा लिँदै भने, “विश्वभरका पत्रकारहरूसँग प्रत्यक्ष संवाद, अनुभव आदान–प्रदान र चुनौतीका बीच पत्रकारिता कसरी अगाडि बढिरहेको छ भन्ने बुझ्न यो सम्मेलन निकै उपयोगी छ ।’ उनले नेपालको ग्रामीण पत्रकारिताका सवाल र समकालीन अवस्था विश्वसामु राख्ने अवसर पाएकोमा सन्तोष व्यक्त गरे ।
असार २९ सम्म चल्ने सम्मेलनमा विश्वका विभिन्न देशबाट साप्ताहिक पत्रिकामा आबद्ध सम्पादक र पत्रकारहरूको सहभागिता रहेको छ ।
दीपेन्द्र चौहान ।
पर्सा,
सभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles