Thursday, August 14, 2025

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

कास्की जिल्लाको पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ डेरा गरी बस्ने लम्जुङ घर भएकी ४३ वर्षीया पसकुमारी गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ३ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको पोखराको प्रहरीले बताएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles