काठमाडौंका धरहराबाट चार करोड ८३ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन भएको छ ।गएको मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २५ गतेसम्ममा चार करोड ८३ लाख ६५ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
२०७२ सालको भूकम्पले पूर्णरूपमा क्षति पुगेपछि पुनर्निर्माण भएर सञ्चालनमा आएको धरहराबाट चार करोड ८३ लाख ६५ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिएका छन् ।
राईका अनुसार यस अवधिमा दुई लाख ६२ हजार पाँच सय ५५ जनाले धरहराको अवलोकन गरेका छन् । हप्ताको एक दिन बुधवार बन्द हुनेबाहेक अन्य दिन दैनिक झन्डै एक हजार दुई सय जनाले धरहरा चढ्ने गरेको बताइएको छ ।