

सुनसरीजिल्लाको इनरुवाका हरिनगर गाउँपालिका–६, घुस्की लगायतका विभिन्न जिल्लाका तराई क्षेत्रहरुमा केही दिनदेखि वर्षा नपरेको र खेतहरू सुक्दै गएको धानबालीमा क्षति पुग्न थालेपछि मुस्लिम समुदायले अल्लाहसँग वर्षाका लागि विशेष नमाज अर्पण गरेका छन् ।
स्थानीय इदगाह मैदानमा मुस्लिम धर्मावलम्बीहरूले एकत्रित भई सामूहिक रूपमा विशेष नमाज पढी, वर्षा होस् भन्ने कामना सहित दुआ गरेका छन् ।
मुस्लिम समाजसेवी जावेद अन्सारीका अनुसार वर्षाको आशामा नमाजे इस्तिखारा पढिएको बताएको हो ।
“बर्षा नहुँदा बाली सुक्न थालेको छ, कृषक चिन्तित बन्दै गएका छन् ।
मुस्लिम समुदायले यस्तो बेला हामी सबैले सामूहिक नमाज पढेर अल्लाहसँग पानी पर्नका लागि प्रार्थना गरेका हौं,” अन्सारीले बताएका छन् ।
सुनसरीका अन्य क्षेत्रहरूमा पनि लगातार वर्षा नपर्दा बाली सुक्दै गएका बारम्बार समाचार पनि आइरहेका छन् । किसानहरूले धान रोपाइँ गर्न सकिरहेका छैनन्” भने रोपिसकेका बाली पनि खेतमा सुक्न थालेका छन् ।